Skip to content

कान्छा छोरा


आमा बाको कान्छा छोरा पुल्पुलिएको छुइन म त
माया सबको पाए पनि चुल्बुलिएको छुइन म त ।

कुरा लाउँछन् दाजु, दिदी “आमा! कान्छा लाठे भयो”
सानै ठान्छु आफूलाई फुल्फुलिएको छुइन म त ।

बाबा भन्ने, “अब कान्छा ! बुहारी पो हेर है, छोरा”
कसैसित प्रीत गाँसी घुल्मिलिएको छुइन म त ।

हाट-बजार जाँदा पनि घर सम्झी छिटै आउँछु
बाटोतिर खुट्टा हल्लाई ढुल्मुलिएको छुइन म त ।

हेरून् मेरो सुन्दर जवान कानेखुसी गर्दै गर्दै
दोबाटोमा उभिएर टुल्टुलिएको छुइन म त ।

-बुद्धी मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *