Skip to content

एउटा र्स्पर्श

  • by

एक दिन अचानक
शहरका चौबाटाहरुमा
हाम्रा मृत शरीरहरु
वेवारिस पल्टिएका हुनेछन्
र हामी हाम्रै लाश अघिल्तिर
उभिएका हुनेछौँ लाचार ।

एक दिन
आनक
हामीलाई बल्ल थाहा हुनेछ
हाम्रै शरीरबाट निस्केर हामी
हाम्रै लास अघिल्तिर उभिन पुग्नेछौँ
अनि
गीताका श्लोक
याद गर्ने कोसिस गर्नेछौँ
एक दिन अचानक
अनि पत्याउनेछौँ
आत्माका अमर अस्तित्वहरु
जब लास अघिल्तिर उभिएर
लाचार
र्स्पर्श गर्ने कोसिस गरिरहेका हुनेछौँ
आफ्नै लास
मानौँ
खोल फालेर हिँडेको
एउटा र्स्पर्श ।
एकदिन अचानक
न्रि्राबाट ब्यूँझदा
आफूसँगै नभएर
आफन्तहरुकै
लास
र लास वरिपरि
झिँगा स्वरुपमा
भन्किरहेका हुनेछौँ
सारा शहर ध्वस्त ध्वस्त
धुँवा/धुँवा चारैतिर
खण्डहर/खात/खात
लासहरु
अनि आकाशभरि मडारिएका हुनेछौँ हामी
बादलजस्तो
रूप रङ्ग र स्वरुपविहीन
एक दिन अचानक
सहरको धुलो/धुलो/र धुलो
उडिरहेका हुनेछन्
लम्पसार पर्नेछन् महलहरु
सडक सडक छोपिएर पछारिनेछन् गुम्बजहरु
अनि हामी हाम्रै लास भन्दा
अलि माथि भन्किरहेका हुनेछौँ
शून्यमा आफैँलाई खोजेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *