Skip to content


निःसर्त बगेँ
थाहा छैन कहाँ पुग्ने हो ?
जीवन बगेर
यतिका सङ्घर्षहरूको परिणाम र परिणति
के हुने हो ?
कसका लागि ?
अनिश्चित नै म बग्दैछु ।
म र्झन तैयार भएँ
ओर्लन शिखरबाट
कोलाहलसहित
निनादसहित
अवरोहण
बाटाका बिघ्न बाधाहरू छिचोल्न तैयार
दुर्गम, दुःसाध्य कष्ट र पीडाहरू
भोग्न तैयार
अनभिज्ञ म बगेँ
मेरा लक्ष्यहरू ।
म निर्विकार, निराकार बगिरहेछु
मेरो बग्नुको कुनैस्वार्थ छैन
स्वान्तः सुखायजस्तो
कुनै द्विविधा वा भ्रम पालेको छैन
मेरो बास्नाबाट कोही अविभूत हुन्छ भने
सिञ्चित हुन्छ भने
कुनै आपत्ति वा विरोध छैन
गर्व पनि छैन ।
ममा अन्तर्निहित गुणहरूको
स्वयं प्रशंसक पनि होइन
म प्रज्ञा हुँ
राग, द्वेष, घृणा र लालसाबाट वञ्चित मुक्त ।
कहिलेदेखि सुरु भयो मेरो महामिनिष्क्रमण महायात्रा ?
अन्त्य कहाँ हुने हो ?
मलाई बोध छैन
विश्व विजेताको पगरी गुँथ्ने सपना
मैले देखेको छैन
लालसा छैन
अविराम छ मेरो गति, यात्रा
अविराम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *