नगर अब जातको कुरा जमाना अर्को छ
छुवाछूत् जति गर्दछौ तिमी सहन चर्को छ ।
काटेमा बग्छ रातो नै रगत क्यै’ छैन फरक
अबिश्वास मासी उज्यालोतिर हिँड्नेको लर्को छ ।
पुराना कुरा सत्य नै हुन्छ औसत गरेर
अहिले भने जातको कुरा दिक्दार झर्को छ ।
जातले अब हुन्न है नाता मनले देखे’सि
नमिले मन एकार्का बिच झर्को र फर्को छ ।
ऐलेको युग जातमा हैन मान्छेमा रम्दछ
ललाट हेर सबैको आज समान धर्को छ ।
रचना(२ /९/ २०११)
