भन्छन् सबै प्रेम दिवस संघारमा आयो रे
एकार्काको मुटु बिच प्रेमको शित छायो रे ।
युगल् जोडी जताततै प्रेमिल् गीत सुन्दैछन्
अधरको चुम्बन् छाडी मनले माया लायो रे ।
बासनात्मक माया हैन ज्यानै दिन राजी छन्
दुई मुटु एकै मानी एकार्कामा चाह्यो रे ।
मृगतृष्णा तनको हैन मनभित्र खोजेर
सधैंभरि साथ हुने मीठो कसम खायो रे ।
रातो गुलाफ् प्रेमको चिन्ह आत्मा साक्षी राख्दै नै
मन्दिर अनि बंगैचामा भेट्न भनी धायो रे ।
(रचना -२ /१२/ २०११)

hi
wowwwwwwwwwwwwwwww how sweet gajal
prabha g tapai ko gajal ko
prabha g tapai ko gajal ko jabaf dina man lagako 6 huncha ta ? im ramkrishna