Skip to content

‘प्रेमप्रत्र लेख्दैछु माया’


प्रेम दिवशमा प्रेमप्रत्र लेख्दैछु माया
भविष्य जीवनको तिमीमा देख्दैछु माया ।

स्वाभिमान र महानताको अध्याय दर्साउदै
सामिप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।

आत्मसमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट बिवेकले छेक्दैछु माया ।

स्वीकार्नु धिकार्नु नकार्नु जो तिम्रो अधिकार
अमर प्रेमका यि लिफा सामुन्ने पेस्दैछु माया ।

छितको साडीमा घुन्टो ओडी धपकै रुप बल्दा
वैभवताको थुङ्गा तिमी हल्केलामा थेक्दैछु माया ।

जीवनका खुशीहरु उकाली ओराली सोहोरेर
आत्मीयताको भारी तिम्रो चौतारी ठेग्दैछु माया ।

सझिएको आगनमा अग्नी होमले ड्म्फु बज्दा
जीवनको अमरत्व तिमीसग सेक्दैछु माया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *