आमा, गयौं ?
मेरो शान गयो, मेरो मान गयो
आमा, तिमी थियौं
जबसम्म तिमी थियौं
मलाई केही कुराको वास्ता थिएन
मलाई मेरै वास्ता थिएन
तिमी थियौं त्यसैले मलाई, कसैको वास्ता थिएन
आमा, अब तिमी छैनौं
मेरो मन पनि यहाँ छैन
आमा, साँच्चै हो ?
तिमी छैनौं ?
झरीले दर्किदै भन्यो
“म तिमीलाई भिजाइदिऊ, म तिमीलाई रुझाइदिऊँ ?”
ओत दिने तिम्री आमाको छत्र-छाँया खै ?
पुसको जाडाले हात समाउँदै भन्यो, घाँटी समाउँदै भन्यो –
“अब लुगलग काँपेर बस । तिम्री आमाको न्यानो माया खोई?”
देखुञ्जेल थाहा भएन
देखिन छोड्यौं पछि चिनो, तिमी नै रहिछौ साक्षत् परमेश्वरी
आमाभिज्यौ होला पक्कै तिमी
रोकिएन अझै मेरो आँखाको झरी
क्षमा गर ! आमा ! नलुक
सबैले भन्छन् तिम्री आमा खोइ ?
आमाको छाया खोइ ?
तिम्री आमाको माया खोइ ?
सबैले गर्छन् आ-आपनै आमाको बखान
इर्ष्याले भुतुक्क हुन्छु, आमा
मेरी आमा तिमी खोई ।।।
