Skip to content

युगले कोल्टो फेरे पनि तिम्ले तोड्न सकेनौ खै

  • by


युगले कोल्टो फेरे पनि तिम्ले तोड्न सकेनौ खै
कति पुज्य स्वामी तिम्लाई संस्कार मोड्न सकेनौ खै

रात दिन त्यही काम छ चुलो चौको वरिपरि
पिएपछि स्वास्नी कुट्ने बानी छोड्न सकेनौ खै

दबिएर कति बसुँ तोडे नाताबाटो लाग्छु
आफनो गल्ती स्वीकारेर माया जोड्न सकेनौ खै

बाहिर भाषण गर्दै हिंड्छौ समान अधिकार भन्दै
मेरा चाह सबै लुट्यौ गल्ती ओड्न सकेनौ खै

सम्पत्तिको भोगी रै छौ आशै आशमा जालमा पार्यौ
मायाको यो पालुवालाई आज गोड्न सकेनौ खै ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *