Skip to content

विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोए


विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोएँ
अन्तष्कणको आघातमाया आज तिम्ले पोल्यौ रोएँ

मनै चोर्यौ त्यो नजरले गल्ती मेरै हो कि क्यारे
के कम सोच्यौ यो मायालाई धनमा माया मोल्यौ रोएँ

गन्तव्य हिन यात्रा सँगै आज एक्लै हिंडिरा’थें
संग्लिएका व्यथा मेरा, तिम्ले हानि घोल्यौ रोएँ

अस्मितामै दाग लाग्यो तिम्लाई जीवन सुम्पिदिदा
यो ज्यान छोडी अर्कैसँग तिमीले दिल खोल्यौ रोएँ ।

रामकृष्ण पौडेल –अनयाँस

2 thoughts on “विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोए”

  1. विश्वास गर्थे तिमीलाई झुटा
    विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोएँ
    अन्तष्कणको आघातमाया आज तिम्ले पोल्यौ रोएँ

    सवाल-जवाफ JASTO 6 NI

  2. गजल रामकृष्ण पौडेल
    गजल रामकृष्ण पौडेल अनयाँस
    रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज
    विश्वासलाई घात सम्झी किन आफैं मर्छौ आज

    घरिघरि चिहाएर मन मेरो किन चोर्यौ
    मायालाई घात सम्झी झुटा आशा छर्छौ आज

    उद्देश्य त लिनै पर्छ जिन्दगीको गोरेटोमा
    साथ दिंदा पराई ठानी आफैं तल झर्छौ आज

    हृदयमा तिम्रै नाम छ तर विश्वास गरिनौ नि
    दिल खोले र माया दिदा त्यसै आँखा तर्छौ आज

    नजर तिम्रो काँडै काडा त्यस्तै देख्यो मलाई पनि
    मेरो जीवन पार्यौ बर्बाद जिम्मेवारमा पार्छौ आज ।

    रामकृष्ण पौडेल –अनयाँस SABAL JABAF JASTO 6 NI HO SIR ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *