Skip to content

मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ

  • by


मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ
नयनभरि अँश्रुधारा बगाउनुको के अर्थ छ

दिनु दियौ चोटहरू आज मेरो मुटु दुख्दा
मनबाट हाँसो छाड्यौ तिमीभित्र के स्वार्थ छ

यो मन भित्र सजाउने दिन्छौ माया आश थियो
तिम्रो लागि जल्नु पनि अब धेरै बेअर्थ छ

टुक्रयाई दियौ मन मेरो मायाको खेल खेली खेली
टुक्रिएको यो मन भित्र मायाको यथार्थ छ

मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ
नयनभरि अश्रुधारा बगाउनुको के अर्थ छ ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *