तिमीले साथ दिन्छौ भने नयाँ इतिहास कोर्छु
फुटेका यी सपनाहरू सम्हालेर अब जोर्छु
पुरा गर्छु हर लक्ष्य सहयात्री बन तिमी
मेरो चाह जिताउन तिम्रो मन अब चोर्छु
सादा कागज रैछ जीवन तिमीले नै भरिदेऊ
मेरो सारा यो जिन्दगी तिमीलाई नै अब छोड्छु
लेखै अब प्रेमकथा इतिहासका ती पानामा
अतीतका मिठा पल लेखी आज मैले भर्छु
एकै साथ बाँचौ भन्दै “अनयाँस”लाई हात दियौ
तिनै माया संहालेर प्रेम गर्ने हातले सोर्छु ।
रामकृष्ण पौडेल –अनयाँस

Copy Gajal
Gajal Guru Ke Ma Tapaiko Gajal Copy Garna Sakchhu. Malai Sahrai Man Pareko Hunale.
ramkrishna poudel name
ramkrishna poudel name rakhara copy garda hunchha but name ta lakhnu ni