Skip to content


तिम्रो आगमनले मेरो जीवनमा
जिन्दगी उत्सवझैं हुनथाल्यो
तिम्रो न्यानो मायाले
चिसो रातमा बसन्त सुभासिन थाल्यो

आउ अब नभेट्ने प्रयास गरौं
किनकि हामीलाई छुट्टिनु नै छैन
नबोल्ने तरिका पनि खोजौं
किनकि यो संवाद अब रोकिने नै छैन

तिम्रो नसालु हेराइले
यो मन नपिई मात्न थाल्यो
तिम्रो साथले हाम्रो जीवनमा
पीडा पनि खुशी बनी नाच्न थाल्यो

आउ अब नपर्खने बाचा गरौं
किनकि जन्मौंको युगल यात्रा हो यो
जुनी-जुनीको माया प्रीतिको हाम्रो
दोहोरिइरहने प्रेमकथा हो यो

महेश राणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *