दोर्जेलाई भेडी चराउन अरब पठाउने दलालझैं
सधैँ पाल्सी कुरा गर्ने
कसैकहाँ घन्चमन्चसँग आउने
कसैलाई महँगीले दम बढाउने
छोरीलाई फरिया छेक्दा
ए खुर्माने कालो बना-बना भन्दै छेको हाल्ने
सुदखोर दशैँ
तकसेरा लेकको जात्रा भरेर
घर्कंदैछ यत्तै
कसलाई खुइल्याउने हो यसपाला?
द्वन्द्वमा लोग्ने बेपत्ता पारिएकी
गौँथली सर्केनीको चोटामा
के आउला यो दशैँ समावेशी मुस्कान भिरेर?
चन्द्र घिमिरे
