कति सोच्नु जीवन, जगतका बारेमा ?
बेफुर्सदिलो आफ्नै फगतका बारेमा ।
हिजोदेखि आजसम्म कति छन् कति ?
भनेर के साध्य उधारो लगतका बारेमा ।
को पो बन्यो र मेरो सन्तानमा महान् ?
आमाको शंका आफ्नै रगतका बारेमा ।
केही होईन हातको मैला भन्ने नै बढी
कमाउने तरिका सोच्छन् नगदका बारेमा ।
