Skip to content

लड्नकै लागि जन्मिएको भन्ठान

  • by


हिमाल आरोहण तिमीले गर्नै पर्छ
त्यो जति सुकै उचाईमा भए पनि
जीवन संघर्ष तिमीले गर्नै पर्छ
चुनौतीका शृंखला क्रमबद्धै भए पनि

नडराऊ तिमी, देखाऊ अदीयतता
आखिर बीर योद्धाका हौ सन्तान
विश्व चकित पार, देखाऊ निडरता
लड्नकै लागि जन्मिएको भन्ठान

पुर्खाले आर्जन गरेको यो ईज्जत
कदापि नदेऊ गौरब-गाथा ढल्नलाई
परिचय देऊ नेपाली बनी सुसज्जित
परिआएमा तयार हौ आफै जल्नलाई

प्रतिक बन अब तिमी बीर-बीरङ्गानाको
विचलित नहोउ, दरिलो बनाऊ आफूलाई
दीप प्रज्ज्वलित गर, साहस र विजयको
कदम बढाऊ अब दुश्मन यहाँ ढाल्नलाई

बिना तामाङ
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *