Skip to content

के मिल्छ र आफैंलाई ढाँटी ?


मैले माया गरिसकें, तिम्रो छ कि बाँकी
के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

हृदयको ढोका खोली, बस्न देऊ बास
चाहेको छ यो जीवनले, केवल तिम्रै साथ
बोलिदेऊ मनका कुरा, नराख है बाँकी
के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

थाहा छ यो तिमी पनि, गर्छौ माया धेरै
दोबाटोमा बिच्छ्याई नयन, कुर्छौ बाटो मेरै
तर किन बनाउँछौ, मन कठोर साथी
के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

खोलिदेऊ दिलको पाना, पन्ना पन्ना पढिदिन्छु
तिम्रो माया सजाउन, हीरा-मोती जडिदिन्छु
आकाशका जुनतारा, मेरो दिलका साँची
के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

पुष्पा खनाल

1 thought on “के मिल्छ र आफैंलाई ढाँटी ?”

  1. Puspa ji,sacho kura ho.
    के

    Puspa ji,sacho kura ho.
    के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *