Skip to content

छातीभित्र पिडा राखी

  • by


यति लामो जिन्दगानी बिछोडिंदै बाँच्नु पर्ने
छातीभित्र पिडा राखी अरु सामु हाँस्नु पर्ने

कुन माया सक्कली हो कुन माया नक्कली हो
माया भन्ने चिज पनि सुन जस्तै दाँज्नु पर्ने

उनीसँगै गीत गाएँ उनी नाँच्दा सँगै नाँचे
पैतलामा काँडा रोपी छमछमी नाँच्नु पर्ने

साँचो प्रीति दिंदा पनि हैन भनि छोडिदिने
साँचो कस्तो हुन्छ नि कुन यन्त्रले जाँच्नु पर्ने

रुँदा रुँदा आँशु पनि सकिए झैं लाग्न थाल्यो
अलिकति भए पनि हर्षलाई साँच्नु पर्ने

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *