जिन्दगीका अन्त मसी त्यहींनिर पोख्यौ किन
‘मेरो राष्ट्र!’ भन्दै भन्दै बाँकी शब्द रोक्यौ किन ?
राष्ट्र फेरि अमर गीता तिम्रै बरदान यो
बिछोडको शख ढोल हामीबिच ठोक्यौ किन ?
रहनु थियो जुनी जुनी यो भूमिमा जीवित
यति ठुलो राष्ट्रभक्ति आँखा चिम्ली बोक्यौ किन ?
कर्मठ सपुत योद्धा बाँच्छ यो भूमिमाभन्दा
अर्कै लोक यात्रा फेरि आजै मिति तोक्यौ किन ?
जिन्दगीका अन्त मसी त्यहींनिर पोख्यौ किन
‘मेरो राष्ट्र’भन्दै भन्दै बाँकी शब्द रोक्यौ किन ?
