Skip to content

बसाइँवालालाई खिसी गर्नु व्यर्थ

NirvikRai


अन्ध-राष्ट्रबादसँग बिमित
बसाइँवालालाई खिसी गर्नु व्यर्थ

साझा पृथ्वी ।
जहाँ धेरै तलब,
त्यहाँ काम गर्नु मजा ।
हिलोमा गाडिँदै हिँड्नु पर्ने जुत्ताले
ओभानो ठाउँ खोजेझैँ
जहाँ जीवनस्तर उक्सिने
त्यहाँ बसाइँ सर्दा ठीक भएको ।
आखिर घगडान बैज्ञानिक अन्सटाइन
पनि बसाइँवाला भएको ।
एउटा मतमा सम्झनाले लट्टिएर
बेरोजगारी र गरीबिको भूमरीमा घुम्नु
मूर्खता सावित हुने ।
अर्को मतमा अन्ध-राष्ट्रवाद घोक्दै
रुखो पखेरामा टाक्सिनु
बेवकुफी पनि हुने ।

१३, माघ०६४ ।
मनमैजु, काठमाण्डौं ।
जन्मथलो ः नेपालेडाँडा भोजपुर ।

2 thoughts on “बसाइँवालालाई खिसी गर्नु व्यर्थ”

  1. ठिस बुढा

    निर्भीक राईको बसाइँ
    नमस्कार !

    वाह !
    गज्जबैको कविता…
    दर्हो बिचार ! अन्तरद्वन्द !

    माझिएको छ ।

    KBS सरलाई धन्यवाद पढ्ने मौका दिनु भएकोमा ।

    1. gratitude
      i am so much grateful with KBS jee and commentator of my poem “andharastrabadsanga.. .

Leave a Reply

Your email address will not be published. Required fields are marked *