सुत्नु मेरो नियति होइन तैपनि सुतेकै छु ।
निरीह यो जिन्दगीमा मृत्युलाई थुतेकै छु ।
खै कहाँ छन मैले उठाएका ती मान्छेहरू
खै कता थन्किएका छन मेरा ती सृजनाहरू
खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा
बाध्यताले सुत्नु परेको छ मृत्य कुरी दैलोमा
खै कता हराए चासो देखाउने ती मान्छेहरू
खै कहाँ बाटो बिराए सदासयता देखाउनेहरू
मैले जे सकेको थिएँ त्यही दिएर थन्केको छु
पीडाको संगीतमा दुखको गीत भै घन्केको छु ।
खै के त्याग गरे त संसार बदल्छु भन्नेहरूले
खै के योगदान दिए आफ्नै पोल्टो भर्नेहरूले
भो बिर्सिदेऊ क्षणिक आनन्दमै रमाउनेहरूले
मेरो सृजना त्याग र बलिदानलाई भुल्नेहरूले
के देलान आहातको बेला राहात निको हुन
गिद्ध झैं पर्खेका छन मृत्युको समाचार बटुल्न
