Skip to content


सधैं झै आज
मेरो कलम -लेख्न मानिराखेको छैन
अस्ती न हो,
चितवनको माडिमा -धराप खाएर
जून टिप्ने सपनाहरू
आकाश सिउँने सगरमाथाहरू
रगतै बान्ता गरेको ।
सधैं झै -आज
मेरो किताबअ-पढ्न मानिराखेको छैन
हिजो न हो,
पिलिमा क्रस फाएरमा परेर
चिची र पापाका कथाहरू
बल्ढ्याङ्ग्रा र जामुनका कविताहरू
कुच्ची भएर बस्नु परेको ।

सधैं झै -आज
मेरो डायरि-पल्टिन मानिराखेको छैन
आजै न हो,
रत्त्नपार्कको निशेधित क्षेत्रमा परेर
नाराहिटी पर्वका दस्तावेजहरू
भ्रश्टचारका अभिलेखहरू
बागमतीका फोहोरा र अश्रु ग्याँसले कुरुप बनाएको
म बिवश छु
म प्रताडित छु
र म धिक्कार गर्छु
जसले मेरा जूनहरू माथि बम पड्कायो
जसले मेरा कविताहरू माथि रकेट लङ्चर चलायो
जसले मेरा डायरी माथि अश्रु ग्याँस र पानीका फोहोरा फ्याँक्यो !
सधैं झै-आज
म बोल्न सकिराखेको छैन
यद्ढेपी
मेरो आवाज भन्दा ठुलो बम को आवाज
मेरो आवाज भन्दा ठुलो हुकुमी आवाज छ

(२०६२ भाद्र ३१ गते)

1 thought on “म मेरो कलम र डायरी”

  1. अर्को एउटा वजनदार शब्द –
    अर्को एउटा वजनदार शब्द – भकारी ! तमाम युद्धका घाउहरु एकैचोटी चाहर्याए यो पाठकभित्र | अर्को एउटा वजनदार शब्द – भकारी ! तमाम युद्धका घाउहरु एकैचोटी चाहर्याए यो पाठकभित्र |

Leave a Reply

Your email address will not be published. Required fields are marked *