Skip to content

म खस्नु हुँदैन ! मान्छे खस्नु हुँदैन


शब्द खसे भने,
म टिप्ने छु, कवि बनेर
कबिताका हरफहरूमा
तर
म आँफै खसे भने नटिप्न सक्छु, कवि बनेर
कविताका हरफहरूमा
न गाँस्न सक्छु, माली बनेर
मन्दिरका तोरणहरूमा
केबल म खस्नेछु,
सुन्यतामा शुन्य गहिराईमा
धुम्रकेतुको देहवशान भई
म खस्नेछु, राँको उक्त ज्वाला बनेर
म हराउनेछु, विलिन हुँदै
हावाका कणहरूमा
अन्तत:
थाएशान पहाडको गल्छेडाभित्र
शितका अमुर्त निन्द्रा भित्र
अनी, मेरो कबिता जल्नेछ
चिताको सित स रि
ईतिहासका स्वर्णिम खन्डमा
थार र साहारा भई काप्नेछ
र मलाई धिक्कार्नेछन्
यस धर्तिको माटोले
मलाई सराप्नेछन्
ईतिहासका पानाहरूले
अनि
खबरदारी लाउनेछन्
हिमाल, पहाड र तराईले
तसर्थ,
म खस्नु हुँदैन
मान्छे खस्नु हुँदैन
मान्छे खसे भने-ईतिहास खस्नेछ
युग खस्नेछ,
र कालो बिहानिको जय-जयकारमा
फेरी चुसक र शोषकहरू उम्रनेछ,
च्याउले ठोसा हाले झैं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *