Skip to content

मेरो दिलमा तिमीले यस्तो गरेकी थ्यौ


मेरो दिलमा तिमीले, यस्तो गरेकी थ्यौ ।
उस बेला तिमी सारै, मन परेकी थ्यौ ।

भमरा नै फूल छोडी तिमी पछि थिए
साना साना नयनमा, मात भरेकी थ्यौ ।

दूरी छोटिनुमा, तिम्रो मात्र दोष छैन
थोरै मैले सरेको थे थोरै सरेकी थ्यौ ।

सम्झदैछु क्षणहरू, जूनले आँशु झार्या
मरेको थे तिमी मेरै लागि मरेकी थ्यौ।

किन जून झर्थे भूई, आकाश छोडी कन
थाहा भयो तिमी मेरै, लागि झरेकी थ्यौ।

2 thoughts on “मेरो दिलमा तिमीले यस्तो गरेकी थ्यौ”

  1. वाह । वाह ।। मलाइ मन पर्या
    वाह । वाह ।। मलाइ मन पर्या हजूरको रचना ।

  2. ठिस बुढा

    सूर्य चेम्जोङको दिलमा
    वाह !
    रोमान्टिक !

    “भमरा नै फूल छोडी तिमी पछि थिए” – यो लाईन चैं सार्है मन पर्यो ।
    बास्नादार, रसिलो, पोटिलो, यौवनाको सुन्दर बर्णन ।
    लठ्ठै परे कातिल गजलले ।
    भुतुक्कै भएँ ।

    अरु पढ्ने आशमा…
    शूभयात्रा
    शुभसमय हजुरलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *