दिलमा उनकै तस्बिर राखे मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!
जीवनभर रुनु पर्ने दैवको यो खेल
छुटाउनु रैछ आखिर भेटाइदियौ किन !!
सधैं सँगै जिउँछु भन्ने उनको बहाना
उनी खुशी हुँदा मलाई लेटाइदियौ किन !!
दिलमा उनकै तस्बिर राखें मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!

दिलमा उनकै तस्बिर
बसन्तजी
तपाईंको यो गजल पहिले नै प्रकाशित भैसकेको छ । आज उही गजल अर्को पेजमा पोस्ट गर्नुभएको रहेछ । कृपया एउटै रचना पटक पटक पोस्ट नगर्नुहोला ।
रसिलो गजलको लागि धन्यवाद ! नयाँ रचनाहरूको प्रतिक्षामा!
मझेरी सञ्चालक