Skip to content


दुष्ट नाश गर्ने पर्ब भन्छन सबै होली
बिरुपी नै पारी दिन्छन रंग सबै घोली ।

सबै मिली रमाउदै हाँसो खुशी साटी
मनाउ फ्याकी आज रिस-राग सबै भोलि ।

मनाउनै पर्छ पर्ब हल्का रंग खेल्दै
मनभित्रका कु-बिचार अहम सबै पोली ।

सफल बनोस होली पर्व उमंग होस सबमा
शुभकामना सज्जन प्रति प्रेम सबै मोली ।

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *