आँसु बनेर तिमीलाई
म आँसु दिन्छु
बितेका कथा सम्झी
म आफैँ आँसु पिउँछु
पीडा बोकेर गगनमा
आफैँ वर्षी दिन्छु
सानो आकाशमा म
आफैं हराइदिन्छु
आफ्नो ठानेर तिमीलाई
मेरो स्वर्ग दिन्छु
प्यार गरेर तिमीलाई
सँसार किनी दिन्छु
तिम्रो त्यो धरतीलाई
म खोसी लिन्छु
उडी म आकाशमा
तिमीमा बिलाइदिन्छु ।
फिदिम, पाँचथर
विराटनगर
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
