Skip to content

बहानाको दिन थियो


होली खेल्न गएँ म त बहानाको दिन थियो
कसैसँग नाता गास्ने लहनाको दिन थियो ।१।

बोलाइ रहने लोला बोकी बाटाभरि कुन्नि कस्ले
सुनिन ती बैंशे निम्तो सजनाको दिन थियो ।२।

फरिया नि छ्याप्पै थियो घोलिकन रातो रंग
छर्किदिंदा सेतै जल खजनाको दिन थियो ।३।

लोला गोला कालो रातो मैले छोई छामिदिंदा
साथै हुने पिचकरी गहनाको दिन थियो ।४।

सप्तरङ्गी रंगभित्र पासो पनि घोली त्यहाँ
जिन्दगी त्यो जित्नु पार्ने चाहानाको दिन थियो ।५।

1 thought on “बहानाको दिन थियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *