Skip to content

“धन कमाउने सपना” गजल-संग्रह बिमोचित

20110322_KrishnaKShresthaKals_01


आदर्श प्रधान
काठमाडौं ।

अनाममण्डलीबाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” दवारा लिखित “धन कमाउने सपना” नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्वय गजलकार प्राज्ञ बूँद राना, साहित्यकार धनराज गिरी, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।

बलराम दाहालले संचालन गर्नु भएको उक्त बिमोचन कार्यक्रममा अनाममण्डलीका सदस्य जय गौरेलले स्वागत मनतब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गजलकार सरोज घिमिरेले “धन कमाउने सपना” गजल संग्रहको समिक्षा गर्नुभएको थियो । गजलकार घिमिरेले गजलमा बहरको हिसाबले केहि समस्या देखिएपनि गजल समय सान्दर्भिक लागेको बताउनुभयो । गजलकार ज्ञानु बिद्रोहीले पनि उक्त गजलको समिक्षा गर्नुभएको थियो । गजलकार बिद्रोहीले श्रेष्ठको पहिलो सृजना भएता पनि सारैनै स्तरिय लागेको र सरल शब्दमा मिठो गरि पस्केको बताउनु भयो । गजलकार कृष्ण के श्रेष्ठ “काल्स”ले आफ्नो गजलको बारेमा र एउटा गजलपनि बाचन गर्नु भयो । उक्त गजल संग्रहको एउटा गजल गायक दीपक स्वप्निलले गाउनु भएको थियो । उक्त संग्रहमा ६१ वटा गजलहरु समावेश छन ।

उक्त बिमोचन कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको गजल संग्रह “ओभाएको छैन आँखा” र अनाममण्डलीको “अनाम पत्रिका”को पनि लोकार्पण गरिएको थियो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.दीपक खड्का लगायतले मनतब्य दिनु भएको थियो ।









Leave a Reply

Your email address will not be published. Required fields are marked *