तातो रातो रगत मेरो, पहाडले बनेको मुटु छ
विशाल तराई छाती मेरो, सगरमाथा शिर छ
म हुँ नेपालको छोरो
मातृभूमिको विखण्डन होइन, एकताको दीप बाल्नु छ
आमाको मुहार हसाईं राख्न, प्रगतिका शिखर चुम्नु छ
म हुँ नेपालको छोरो, म नेपाली
संसारलाई हेर्ने शान्तिको आँखा, मेरै नेपालको हो
युद्धको पहाड फोरिदिने, मेरै गोर्खाली हो
प्रकृतिको सुन्दर फूल मेरै नेपाल हो

तातो रातो रगत मेरो
राजुजी,
यो गीत अरू नै वेब-पेजमा नारायण अधिकारीको नाममा प्रकाशित भैसकेको रहेछ । त्यसैले सच्याइएको छ । यदि तपाईं आफ्नै हो भने बताउनुहोला, प्रमाणित भएपछि लेखकको नाम सच्याउने छु ।
Admin