नरुनु है भाइ तिहारमा सम्झिएर मलाई दिदी
कोमल त्यो मुटु तिम्रो सन्तापले जलाई दिदी ।
धैर्य गर्नु भेट होला दिदी भाइको एक दिन पक्कै
बाचुन्जेल गरी खाने त्यो ज्यानलाई गलाई दिदी ।
साहु तिरी उकास्छु म बन्धकी यो जीवन मेरो
त्यति गर्न सकेपछि मात्र हुन्छ भलाई दिदी ।
कोही नभए झै न हुनु ल झुटो भा’ नि हाँस्नु बरु
दुनियाको सामु आँखाबाट आँसु फलाई दिदी ।
तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल : बहराइन
२०६७/७/१५
