Skip to content

मिल्यो आज भेट्ने बहना तिमीलाई


मिल्यो आज भेट्ने बहाना तिमीलाई
दिन्छु यो दिलको नजराना तिमीलाई!

प्रिय लाग्छ हाम्रो त्यो अतीत, त्यसैले
ल्याएको छु पुरानै जमाना तिमीलाई!

आँखाहरू छचल्किएर अविरल बर्संदा-
सुहाउँथे ती मोतीका दाना तिमीलाई!

यो साँझ सरगम, यो बिछोडपछिको
दिलाई दिन्छ आनन्द नाना तिमीलाई!

मनोहर यो शिशिर पछिको ऋतुमा
चराहरूको चिर्विर गाना तिमीलाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *