धेरै माया दिएँ तिमीलाई धेरै गरेँ उपकार
बदलामा जलनर रोदन दियौं उपहार,
खाइ कसमलाई माया तिमीले नै चोट दियौ
भन मलाई अब यसको के छ उपचार ?
झरनाजस्तै आँसु बग्छ यो मेरो आँखामा
कता कता पीर उम्लिन्छ यो मेरो मुटुमा,
हाली हत्ते जोडी नाता तिमीले नै घात गर्यौ
भन मलाई अब यसको के छ उपचार ?
म तृप्ति हुँ भन्थ्यौ, हुँ भन्थ्यौ वसन्ती
मनाउन बाध्य पार्यौ आँसुको जयन्ती,
लुट्नु लुटी आज किन तिमीले नै धोका दियौ
भन मलाई अब यसको के छ उपचार ?
दोलखा, फस्कु-१
