संगाल घुम्टोहरू सजाऊ केशहरू
म आएँ आँधी बोकेर सम्हाल बेगहरू
आँधीले उडाइदेला लाजका ती पर्दाहरू
बतासले खोसिदेला ओंठका ती हाँसोहरू
यो आँधीलाई ख्याल सम्झी नचोर दृष्टिहरू
आँखैमा फक्री जाला लुकेका बैंसहरू
म आएँ आँधी बोकेर सम्हाल बेगहरू
सङ्गाल घुम्टोहरू
आएँ म आज यहाँ लिएर जेथाहरू
भन्छु म सुसेलीमा भरिला ती व्यथाहरू
म आएँ अबलै भनी बोकेर चिनोहरू
लुकाऊ प्यारा प्यारा कलिला बैंसहरू
म आएँ आँधी बोकेर सम्हाल बेगहरू
शब्द – नगेन्द्र थापा
स्वर – नारायण गोपाल
संगीत – गोपाल योन्जन
