नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउँछ्यौ कि
बेसुरमा छ रे देश एक शुर लिएर आउँछ्यौ कि
कतै छिटा रगतका, गन्ध कतै बारुदका छरिए रे
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउँछ्यौ कि
पाइला पाइला हाबी भयो, कपट निति भन्छन
सकुनीको बिगबिगी भो रे, बिदुर लिएर आउँछ्यौ कि
घडा त्यो पापको भरिंदा पनि चुप छ जगत सारा
सेक्नु पर्यो पुर्पुरो पापीका, उजुर लिएर आउँछ्यौ कि
मेरो प्यारो धरा बिचरा पारिंदै छ अरे चिरा चिरा
मन मिलाउने बिचारको नुर लिएर आउँछ्यौ कि

nice
nice