छोरी तिम्ले जुनी काट्ने घर हुन्छ अर्कै
अर्कै तिम्रो गाउँ, बेसी, सहर हुन्छ अर्कै!
अनौठो नाता र अनौठो मायाँ अरुको
हृदय भित्र सजाउने ठहर हुन्छ अर्कै!
यो घर हुन्छ टाढाको, बाबा र आमाको
उता तिम्रो जिन्दगीको लहर हुन्छ अर्कै !
माइती घर आएर धेरै दिनदेखिको
सबै न्यास्रो मेटाउने रहर हुन्छ अर्कै!
हाँसो मात्र हुन्न छोरी, जिन्दगानीमा
कहिलेकाँही आँसुको’ कहर हुन्छ अर्कै !
