चलेकै छ संसार ऋत, बलेका छन् कैयौं प्रित ।
बिना चाहट जानुपर्ने, आफ्नो छाडी दोश्रोसित ।।
आज मैले धेरै पिएँ, उनकै यादमा रात काट्दै ।
कैयौं रात यसै जिएँ, आफैसँग दुख साट्दै ।।
बल्जिएको घाउ जस्तै, बर्तमानमा झनै दुख्ने ।
उनको याद बढी दिंदा, डर लाग्छ मुटु फुट्ने ।।
विवशता यही मेरो, एक दिन हाँगा छाड्नैपर्ने ।
भाग्न पनि नसकिने, बोटको ईच्छा मान्नैपर्ने ।।
फूलेका फूलहरूलाई, असिनाको डर लाग्ने ।
झटारो त छलिएला, असिनालाई गार्हो पर्ने ।।
लाछ्न खोज्ने हातहरू, अघिपछि सल्बलाउने ।
पात मात्र लाछे हुन्थ्थो, पुरै बोट भाँच्न खोज्ने ।।
पात मात्र लाछे हुन्थ्थो, पुरै बोट भाँच्न खोज्ने !
