अत्यन्त राम्रो स्वदेश हाम्रो, हिमालको श्रीपेच लाएको
हरियो वन शान्तिको धन, धन्य यहाँ यो जन्म पाएको
स्वर्ग झैँ सुन्दर धर्मको मन्दिर सुरवीहरूको जन्मस्थान
झर्नाको गाना खोलाको ताना आनन्दको लहर आएको
श्री पशुपति श्री गुह्येश्वरी बाबुआमा नेपाली साराका
स्वतन्त्र हाम्रो स्वदेश राम्रो प्रकृतिको वरदान पाएको
शीतल पवन सुन्दर सुमन देवताका नन्दनवन झैँ छ
हवाको जोश अमृत पोष वीरहरूको आत्माले पाएको
