लक्ष्य टुट्यो-मुटु दुख्यो, फर्की आएँ म मरूभूमि
बाँकी थियो केहि आँशु, छर्की आएँ म मरूभूमि
आफैं वाचा बाँधे थिएँ, नछाड्नलाई आफ्नो देश
आफ्नो वाचा आफै तोडी, तर्की आएँ म मरूभूमि
देखौटी गर्थे सबले माया, दिन खोज्थे साथ नि
सबको माया लत्याएर, झर्की आएँ म मरूभूमि
टुक्रिएको यो मुटु नि, नटुक्रिएला, लाग्थ्यो फेरि
पुन:टुक्रियो समयले, चर्की आएँ म मरूभूमि
दरो टेक्छु लाग्थ्यो खुट्टा, विश्वास थियो आफैंदेखि
ढलिहाले यी दुई खुट्टा, मर्की आएँ म मरूभूमि
राजेश रुम्बा लामा “अतृप्त”
२९-०४-२०११,
