Skip to content


खत्र्याक्क ! यो आवनजसँगै वीरध्वजको निद्रा आधारातमा भङ्ग भयो । उसले घरभित्र कालो छायाँ पसेको देख्यो । हतियार सहित चोर गाउँ पसेको छ भन्ने हल्ला सम्झियो । घरमा लोग्नेमान्छे भन्नु आफू मात्रै । दिनभर काम सघाउने हली कान्छा पनि साँझमा उसको आफ्नै घर फर्किन्थ्यो ।

”के गर्ने ? कसो गर्ने ? छोरीहरू र श्रीमती त छन् तर उनीहरूको के भर ।”सोच्यो , ”फेरि चोरसँग हतियार पनि त होलान् ।”

डर मान्दामान्दै हिम्मत गरेर प्रहरीमा फोन गर्‍यो ।

गस्ती प्रहरीले तत्कालै घर घेरा हाल्यो । ”खबरदार !भाग्लास् !!” प्रहरीको चेतावनी आवजसँगै चोर बार्दलीबाट हामफालेर भाग्न थाल्यो ।

”ढ्वाङ्ग” प्रहरीको गोलीबाट चोर ठहरै भयो । बिहान लाश हेर्न पुगेका गाउँलेहरू अचम्मित भए किनकि हातमा परिवार नियोजनको अस्थायी साधन पड्किरहेको लाश हली कान्छाको थियो ।

कटारी-६ उदयपुर

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *