Skip to content

आज भोलि मौनतामा जलेछु

  • by


आज भोलि मौनतामा जलेछु म कता कता
चतुरेको छल परी छ्लेछु म कता कता

कालरात्री भयंकर अन्धकारमा दीप बनें
भित्र भित्रै सल्किदिदाँ बलेछु म कता कता

तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियौ
भीर-पाखा चट्टानमा फलेछु म कता कता

साथ दिने हात छुट्दा बिच्मै यात्रा टुङ्गिदियो
हिंड्दा हिंड्दै खुट्टा कामे गलेछु म कता कता

वचनबाण हानिदियौ आहा! यो मन चस्स दुख्यो
किलाकाँटी ठोकिदियौ ढलेछु म कता कता

Leave a Reply

Your email address will not be published. Required fields are marked *