Skip to content

तिम्रो सन्देश पाएँ छोरा


तिम्रो सन्देश पाएँ छोरा चौतारीमा बस्दा
सम्झे तिमी हावा हुरी पिपल पात खस्दा

सन्देशको मिठो पाटो नरुनु है भन्छौ
निको छैन मनको गाँठो पटुकीले कस्दा

जङ्गे खम्बा ढल्यो आज तलतिर धेरै
छेक्नै पर्छ बैरी पथभित्र घर पस्दा

सबै थर एकै घर गोल भइदिंदा
भन्ने छैन पराइले दाजुभाइ कस्ता

चाँद परे गगनको अस्ताउँछु छिट्टै
साहसले बाँच फेरि दुस्मनले डस्दा

अबिरको मुल्य पनि दुधै चुक्ता सम्झी
माता शान ठूलै होला मिलीजुली घस्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *