Skip to content

देखुँ देखुँ लागिरह्यो सपनीको मातले

  • by


कता कता चलाई रह्यौ कोमल ती हातले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले
सपनीमा देखे तिम्रो हात समाएको
मेरो काखमा बसी तिमी खुब रमाएको
यो जिन्दगी सुखमय बन्छ तिम्रो साथले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले ।

जुनीभरि नछुट्टिने बाचा बाँधेका थ्यौं
सपनीमै देउरालीलाई साक्षी राखेका थ्यौं
देउरालीलाई पुजेकाथ्यौं फूलका खातै खातले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले ।

चन्द्रमुखी मुहारमा लाली छारेकी थियौ
सपनीमै मिठा मिठा बात गरेकी थियौ
लट्ठ पर्यो रुपले तिम्रो घात गर्यो रातले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले ।

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *