अर्जुन दृष्टि
हसाउँछन बुढा
खनाल बाजे
नामी जोकर
खड्गप्रसाद ओली
राजनीतिमा
पेशाले बेश्या
राजनीतिक नेता
दुइटै उस्तै
प्रचण्ड बाठो
पिपलको पात झैं
फर्किन्छ सधैं
जाँड खाएर
संबिधान लेख्छन
मातेका नेता
बेरोजगारी
अनुत्पादक शिक्षा
पढेका मुर्ख
पढेको छोरो
बिदेश पलायन
बिर्सेंछ आमा
गजब लाग्छ
फेसबुक साहित्य
मलाई आज
आनन्द लाग्छ
पानी पर्दा बाहिर
टिनको छानो
बहिर ठीक्क
भित्र पाप बोक्छन
मनिसहरू
भुतुक्कै पार्छे
नशालु नजरले
सुन्तली कान्छी
भुलेर जान्छ
ममतामयी आमा
निस्ठुरी छोरो
के मरी लानु
एक बारको जुनी
धन सम्पत्ती
अनुजा काण्ड
बालक राष्ट्रपति
हावा पत्रिका
जुवा र जाँड
आरामको नाटक
बन्द छ देश
कारण के था’?
जनताको नाममा
बन्द छ भोलि
हुर्किदै छ नि
शहरको भीडमा
तरुनी खेती
