Skip to content

बगैंचामा माली बसिरहन्छ

  • by


बगैंचामा माली बसिरहन्छ
झझल्को सँगाली बसिरहन्छ

देशको माया हुनेको मनमा
मेची, महाकाली बसिरहन्छ

बिकासको मुखै नदेखे पनि
हेर त्यो कर्णाली बसिरहन्छ

किसानको घरमा जन्मेपछि
कहाँ त्यो कोदाली बसिरहन्छ

बुद्ध भई जन्मने मान्छेले नै
शान्तिदीप बाली बसिरहन्छ

चित्र भट्टराई ‘समर्पण’
सेर्ना-३, ओखलढुंगा
हाल : चाबहिल , काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *