उकालो लाग्दा खुय्य लाग्यो
ओरालो लाग्दा गोडा दुख्यो,
गुणगान गाउने मेरी माया
भन न तिमी कहाँ लुक्यौ ?
यता हेर्छु देख्दिन, उता हेर्छु देख्दिन
साँच्चै छाडेर गा’को हौ र ?
भन न तिमी कहाँ पुग्यौ ?
माया त मैले ला’कै थिएँ
बोलाउँदा तिमीले धा’कै थिएँ
भुझ्नै सकेको छैन मैले
भन त भन म कहाँ चुकें ?
भनेर गा’ भए रोक्दिन थिएँ
मेरै हौ भनी छेक्दिन थिएँ
पीरैमा अहिले पारेर मलाई
व्यर्थैमा मेरो ज्यान सुक्यो !! लास्सो
राजेश रुम्बा लामा “अतृप्त”
