एकान्त यात्राबाट
धेरै पटकको पहल पछी
निस्केकी छु प्रकाशको खोजीमा
डुब्दै कल्पनामा
सतह देखी गहिराइमा पौडीदै गहिरीएर
नाप्न नसके झै समुन्द्रको गहिराइ
‘चेली’संग म
त्यो उद्यानमा जहां हामी रमाउछौं
हराउछौं
हात समाउंछौ साथ हिड्छौ
रमाउंदै एउटै भाकाहाली गीत गाउंछौ
गुनगुनाउंछौ, भवरा झै फूलमाथी भुनभुनाउंछौं
मौरीले फूलको रस चुसी मह बनाए झै
हामी पनि मह बनाउंछौ
जसले जनसमुदायको मन छुन्छ
एकअर्कासंग भावना साट्दै चाहना बाट्दै
बहना भत्काउंदै
एकै डोरीको मालामा उनिदै
लक्ष्य चुम्न गगनचुम्बी क्षितीजसम्म
हातमाथी हात, कांध, साथ दिंदै यात्रा गर्दै
अघि बढ्न चाहन्छौ एकै रथमा ।।
