Skip to content

जीवन व्यर्थै झरेर गयो

  • by


जीवन व्यर्थै झरेर गयो
अर्काकै चाकडी गरेर गयो।

विश्वास कहिले फुलाउनु
आफ्नैबाट मन मरेर गयो ।

दिलासन दिए बस भनिकन
दुलो पारी अन्त्यै सरेर गयो ।

विश्वासको माला लगाई दिएँ
च्यात-चुत्त पारी छरेर गयो ।

यस्तै रहेछ तीर्थे तेरो लेखान्त
साँढे सातको दशा तरेर गयो।

तीर्थ”यात्री’पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *