जीवन व्यर्थै झरेर गयो
अर्काकै चाकडी गरेर गयो।
विश्वास कहिले फुलाउनु
आफ्नैबाट मन मरेर गयो ।
दिलासन दिए बस भनिकन
दुलो पारी अन्त्यै सरेर गयो ।
विश्वासको माला लगाई दिएँ
च्यात-चुत्त पारी छरेर गयो ।
यस्तै रहेछ तीर्थे तेरो लेखान्त
साँढे सातको दशा तरेर गयो।
तीर्थ”यात्री’पौडेल
