धूलो मैलो धोएर के फरक पर्छ ?
सफा मनले हेर के फरक पर्छ ?
सँगै हुँदा बगलीमा छुरा धस्ने
बैगुनीले सम्झेर के फरक पर्छ ?
सत्ता जसरी पनि चलाउँछ मन्त्री
मन्त्रालय घेरेर के फरक पर्छ ?
मन्त्रीको के कुरा प्रधानमन्त्री पनि
भन्छ, देश बिग्रेर के फरक पर्छ ?
जहाँ कानुन छैन त्यहाँ न्याय माग्दै
अनसन बसेर के फरक पर्छ ?
चित्र भट्टराई ‘सपर्पण’
