कति पिउँछौ मदहोस भई तिमी पेट भरेपछि
तर्न देऊ अरुलाई नि तिम्ले खोला तरेपछि
जत्ति गर्दा लाग्ने हैन के पो गर्नु अब मैले
सिरिङ् सिरिङ् आङ हुन्छ तिमी भट्टी झरेपछि
सक्दिन म बस्न अब कति खानु तिम्रो कुटाइ
चाल पाउला कुम्लो बोकी अर्कैसँग सरेपछि
भन्दा रैछौ संसार यही, जिउनुको त यही मज्जा
मलाई लाग्छ छोड्छौ होला तिमी बल्ल मरेपछि
यस्तासँग माया लाउनु मेरो रहर पक्कै होइन
दोष दिन्छु खप्परलाई यस्तै भाग्य परेपछि
रमेश अर्याल्
मरुभुमिको छातिबाट
aryalrms@yahoo.com

about your article
dear ramesh ji,
tapai lai majheri.com ma pauda nikai khushi lagyo.tapai ka rachana haru ramra chan.lekhan karye lai nirantarata didai janus ramro hune cha.feri feri yehi sabai ko sajha majheri.com ma vetaula.
sada suva chintak
Ratna kafle
syangjali
thx alot