Skip to content

तिम्रो मायाको पासोमा परें सुस्तरी


तिम्रो मायाँको पासोमा परें सुस्तरी
तिम्रै दिलको बस्तीमा सरें सुस्तरी!

जब आयौ तिमी यो एक्लो जीवनमा
खाली दिल यो पिरतीले भरें सुस्तरी!

निर्माण गरेर झोलुंगे पुल मायाँको
तिम्रै दिलको हिउँखोली तरें सुस्तरी !

दु:ख सबै मनभित्र लुकाएर हाँस्यौ-
त्यही हाँसो वरिपरि छरें सुस्तरी!

साना थिए लालावाला, तिम्रो साथ ठूलो
ठूलै दु:ख जिन्दगीमा गरें सुस्तरी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *